बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने

बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने
Photo Source: Sikkim Journal

गान्तोक, 05 अक्टोबर: एसटीएनएम गान्तोकको VRD Lab (कोभिड-19 टेस्ट गरिने ल्याब) बुधवारसम्मलाई बन्द गरिएको छ। ल्याबमा कार्यरत एक कर्मचारीमा कोभिड संक्रमण पाइएको अनि अन्य तीनजनालाई कोभिड-19को लक्षण पाइएपछि यसो गरिएको हो। यी तीनजना संक्रमित कर्मचारीसँग सोझै सम्पर्कमा आएको बताइएको छ। कर्मचारीमा संक्रमण पाइएपछि सो ल्याबलाई कन्टेन गरिएको हो। सिक्किममा आरटीपीआर जाँच गरिने एकमात्र ल्याब कन्टेन गरिएपछि अब आउँदो बुधवारसम्म राज्यमा कुनै आरटीपीसीआर जाँच हुनेछैन। बिहीबार देखि जाँच पुन: शुरु हुने भनिएको छ।

एसटाएनएम अस्पतालका सुपेरिन्टेन्डेन्ट डा. सीएस शर्माकाले अस्पतालमा पुन: जाँच शुरु नभएसम्म अहिलेलाई आवश्यक परेमा मनिपाल अस्पताल गइ कोभिड जाँच गराउने सुझाउ राखेका छन्।  स्मरण रहोस्, कुनै पनि सार्वजनिक स्थल, मार्केट, कार्यलय आदि स्थानहरुमा कोभिड संक्रमण पाइएपछि  एसओपी अनुसार सो स्थानलाई 72 घण्टाको निम्ति कन्टेन गरी सेनिटाइज गरिने गरिन्छ। 

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

1 अक्टूबर देखि खुल्ला रुपमा अन्य राज्य बाट सिक्किम भित्रिन...

41 नयाँ मामला: कुल 35 जनाको ज्यान गयो

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ