थप 2 जनालाई लग्यो कोभिडले: कुल मृत्यु 28

थप 2 जनालाई लग्यो कोभिडले: कुल मृत्यु 28

गान्तोक, 20 सेप्टेम्बर: सिक्किममा 39वटा नयाँ संक्रमण देखा परेको छ। एसटीएनएमको आइसीयुमा अहिले 5जना संक्रमितहरुको उपचार चलिरहेको छ। उक्त जानकारी स्वास्थ्य विभागको आज बेलुकीको हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरिएको हो।

आज संक्रमित पाइएकाहरुमध्ये एकजना डीपीएच कोलोनीबाट, देउराली स्कुल रोडबाट एकजना, बन विभागको कार्यलयमुनि देउरालीबाट एकजना, एसबीआइ बैंक नजिक माझिटारबाट एकजना, भीआइपी कोलोनी क्षेत्रबाट 3 जना, हस्पिटल डाँड़ामुनिबाट एकजना, नाम्चीबाट एकजना, थापा गोलाई सिच्छमुनिबाट एकजना जो हाल नाम्ची भञ्ज्याङ रोडमा रहँदै आएको, वेस्ट पोइन्ट स्कूलमुनिबाट एकजना, 5 जना राज्य विधानसभाका सदस्यहरु, मनिपाल सेन्ट्रल रेफर्रल अस्पतालकै होस्टेलमा रहने 3 जना, सिङताम जुबली लाइनबाट एकजना, बाघेखोलाबाट एकजना अनि माझिटारबाट एकजना, 14 जना मल्ली आचिङ योक्सम पश्चिम सिक्किमका एसएसबी जवानहरु, 3 जना याक्ते गेजिङ पश्चिम सिक्किमका कामदारहरु, ट्रुनेटमा संक्रमित पाइएका जोरथाङ निवासी एकजना, सीआरएचमा भएको र्यापिड एन्टिजेन टेस्टमा रम्फू चानाटारका एकजना, एकजना साङखोलाबाट, रोंगली पीएचसीमा भएको जाँचमा एकजना संक्रमित, अन्य एकजना रम्फू कुम्रेकबाट रहेका छन्।    

गान्तोकको स्यारी निवासी एकजना 70 वर्षीय पुरुषको कोभिड संक्रमणबाट निधन भएको छ। गत 11 सेप्टेम्बरको दिन बेलुकी तिनी एसटीएनएम अस्पतालमा भर्ना भएका थिए। आइसीयुमा राखी तिनको उपचार चलाइएको थियो। तिनलाई उच्च रक्तचापको पनि समस्या रहेको भनिएको छ।

यसरीनै आरिथाङ निवासी एक 68 वर्षीय पुरुषको पनि कोभिड संक्रमणको कारण निधन भएको छ। तिनलाई गत 14 सेप्टेम्बरको दिन बेलुकी एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो। तिनलाई यहाँको आइसीयु वार्डमा राखी उपचार चलाइएको थियो। आज बिहान तिनको निधन भएको बताइएको छ। तिनलाई उच्च रक्तचापसँगै श्वाससम्बन्धी समस्या रहेको थियो।

यो समाचार लेखुन्जेलसम्म राज्यमा 426 वटा सक्रिय संक्रमणको मामला रहेको छ भने 1891 जना संक्रमणमुक्त भइसकेका छन्। अहिलेसम्मको कुल संक्रमण संख्या 2342 पुगेको छ। आज 2 जनाको मृत्यु भएसँगै राज्यमा कोभिडको कारण ज्यान गुमाउनेको संख्या 28 पुगेको छ।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

मेरो नाममा कसैले पैसा मागे थानामा जानकारी दिनु: जेकब खालिङ

एक 10 महिनाको नानीमा संक्रमण: थप दुईजनाले ज्यान गुमाए