स्थानीय प्रशासनहरुलाई पर्यटन विभागको अपील

स्थानीय प्रशासनहरुलाई पर्यटन विभागको अपील

गान्तोक, 10 अक्टूबर: राज्यको पर्यटन विभागले ‘टुरिजम अन्लक 1.0’लाई मध्यनजर गर्दै एउटा अपील जारी गरेको छ। 10 अक्टोबर उसो राज्यमा पर्यटन खुल्ला गरिने भएपछि विगत केही दिन यता विभिन्न पर्यटकीय क्षेत्रका स्थानीय प्रशासनहरुले आ-आफ्नो क्षेत्रमा थप केही दिनको पर्यटन बन्द राख्ने भन्दै विभिन्न सूचना/आदेश जारी गरेका थिए। सो विषयलाई सम्बोधन गर्दै विभागले स्थानीय प्रशासनको यस्तो आदेश राज्य सरकारको निर्णय विपरित रहेको आफूहरुलाई बोध भएको बताएको छ।

 राज्यमा पर्यटन व्यवसाय धेरै नागरिकहरुको निम्ति जिविकोपार्जनको साधन रहेको छ। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने अनि हात स्वच्छ राख्ने जस्ता विभिन्न उपायहरु अप्नाए समुदायलाई संक्रमणको खतरा नहुने भनी जारी अपीलमा उल्लेख गरिएको छ। कुनै पनि आकस्मिक स्थिति उत्पन्न भएको खण्डमा राज्य सरकार त्यसको निम्ति तत्पर रहेको अनि खाँचो परेको खण्डमा जिल्ला प्रशासनले स्थानीय स्तरमा प्रतिबन्ध लगाउने तथा कन्टेन्मेन्ट जोन घोषणा गर्ने काम गर्नेछ भनी अपीलमा थप उल्लेख गरिएको छ। एसओपीको पालना सुनिश्चित गर्न हेतु तथा अन्लक 1.0 का विभिन्न नीतिहरुको समिक्षाको निम्ति राज्य कार्य बल गठन गरिएको पनि अपीलमा उल्लेखित छ। एसओपीको पालना नभए अथवा निर्धारित नीतिमा हस्तक्षेप भएको महसुस भए कार्यबललाई जनाउन भन्दै विभिन्न फोन नम्बरहरु पनि जारी गरिएको छ। स्थानीय प्रशासनले निर्धारित एसओपी तथा दिशा निर्देशको पालना सम्बन्धी निगरानी राख्न विभिन्न कमिटीहरु गठन गर्न सक्नेछन्।

वैश्विक महामारीको गत सात महिनामा स्वास्थ्य कर्मीहरु तथा कोभिड योद्धाहरुलाई कोभिड-19 बारे धेरै जानकारी प्राप्त भएको तथ्यलाई ध्यानमा राख्दै केन्द्र तथा राज्य सरकारले विभिन्न चरणमा बन्दा बन्दी खुल्ला गर्ने निर्णय लिएको हो। यतिका महिना पर्यटन उद्योगले धेरै कष्ट अनि नोकसानी भोग्न परेको कुरालाई ध्यान राख्दै विभिन्न चरणको अन्लकमा समाजले सहयोग गर्न सक्नेछन्, अपीलमा भनिएको छ।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने

फेरि दुईजनाको मृत्यु:39 नयाँ मामला

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ