आगामी 6 दिम्बरको दिन घिमिरेकृत ‘म उभिएको धरती’ लोकार्पण गरिने

आगामी 6 दिम्बरको दिन घिमिरेकृत ‘म उभिएको धरती’ लोकार्पण गरिने

गान्तोक, 21 नोभेम्बर ः आज सिक्किम कलाकार संघको बैठक संघकै अध्यक्ष चुनिलाल घिमिरेको अध्यक्षतामा सम्पन्न भयो। यो विशेष गरेर लकडाउनपछिको पछिको पहिलो बैठक थियो। आजको कार्यकारिणी सभामा विशेष गरेर संघकै उपाध्यक्षा डी. के. लेप्चा (तता)-को डकडाउन अवधिमा आकस्मिक निधन भएकोमा संघको तर्फबाट गहिरो शोक प्रकट गरियो। स्व. लेप्चाको कलाकारिता क्षेत्रमा रहेको विस्तृत योगदानलाई संघले भरपूर प्रशंसा गरेको छ। यसका साथै सिक्किम कलाकार संघका सक्रिय सदस्य टंक सुवेदी एवं नेपाली साहित्य परिषद्का पूर्व अध्यक्ष चुडामणि खतिवडाकी माताश्रीको निधनमा पनि संघले शोक प्रकट गर्दै संवेदना प्रकट गरेको छ।

भोलि 22 नोभेम्बर, 2020-को दिन नामानामस्थित छोकासुम हलमा डी. के. लेप्चाको 49 औँ दिनको कार्य शुद्धिमा कलाकार संघका  सम्पूर्ण सदस्यवर्ग भेला भएर संवेदना प्रकट गर्ने  सम्बन्धमा चर्चा-परिचर्चा गरियो। यस अवसरमा कलाकार संघका सम्पूर्ण सदस्यवर्गलाई सोही ठाउँमा बिहान 10ः30 बजी भेला हुने आह्वान पनि गरिएको छ। 

आजको कार्यकारिणी सभामा आगामी 6 दिसम्बर, 2020-को दिन सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरेकृत ‘म उभिएको  धरती’ (संस्मरणात्मक लेख सङ्ग्रह) पुस्तकको विधिवत लोकार्पण गरिने तथा उक्त अवसरमा सोही पुस्तकभित्र रहेका जीवित इतिहास बोक्ने पद्मश्री सानु लामा, समाजसेवी किरण रसाइली, प्रखर राजनीतिज्ञ व्यक्तित्व आर. सी. पौड्याल एवं समाजसेवी टी. लाचुङ्पालाई अभिनन्दन गरिने सम्बन्धमा व्यापक छलफल गरियो भने बाल साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै साहित्य अकादमीको तर्फबाट बाल पुरस्कारद्वारा पुरस्कृत व्यक्तित्व शङ्करदेव ढकाल, डा. शान्ति छेत्री तथा बाल दर्पणका सम्पादक भीम प्रधानलाई पनि सम्मान जनाउने कार्यक्रम संघले हातमा लिएको छ। 

बैठकमा स्व. डी. के लेप्चाको निधनले रिक्त रहेको उपाध्यक्षको पदमा सिक्किम कलाकार संघका सक्रिय सदस्य प्रदीप रसाइलीलाई उपाध्यक्षको रूपमा संघको कार्यकारिणीले मनोनीत गर्‍यो भने सल्लाहकारको पदमा वरिष्ठ कवि अमर बानियाँ ‘लोहोरो’-लाई पनि कार्यकारिणी सभाले मनोनीत गरेको समाचार संघका प्रचार-प्रसार सचिव अर्जुन पीयूषले जानकारी दिएका छन्।    

The author is Arjun Piyush, a senior journalist based in Sikkim and Editor at Naari Aabha and Atal Bhandari magazine. He can be contacted at piyus.arjun8@gmail.com

Views/Opinions expressed in the article or write up is purely of the author/writer and not of The Sikkim Chronicle. For any queries or contradictions, the author can be contacted in his/her email id.

Read more related reports:

ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष...

सबैकी माँ जी ः सन्तोष निराश साहस र ऊर्जाकी धनी

सञ्चमान लिम्बू अब रहेनन्