सञ्चमान लिम्बू अब रहेनन्

सञ्चमान लिम्बू अब रहेनन्

गान्तोक, 8 नोभेम्बर: सिक्किमका पूर्व मुख्यमन्त्री सञ्चमान लिम्बूको निधन भएको छ। तिनी 73 वर्षका थिए। 15 जून 1947मा तिनको जन्म भएको थियो। एसटीएनएम अस्पतालमा उपचाराधीन लिम्बूले आज अपरान्ह 2 बजेर 40 मिनट जाँदा अन्तिम सास लिए। तिनी लामो समयदेखि अस्वस्थ्य अवस्थामा थिए। तिनको मृत्युको खबर एसटीएनएम अस्पतालका निदेशक डा. डीएन भुटियाले पुष्टी गरेका हुन्।

तिनको पार्थिव शरीरलाई डेभ्लोप्मेन्ट एरिया स्थित निज निवासमा राखिएको छ। अन्तिम संस्कारको निम्ति तिनको पार्थिव शरीरलाई पश्चिम सिक्किमस्थित उनको पैतृक गाउँमा लगिने भनिएको छ। स्व. लिम्बूले सिक्किमको चौथो मुख्यमन्त्रीको रुपमा 17 जूनदेखि 12 दिसम्बर 1994सम्म सेवा पुर्याएका थिए।