नवपथको 9 औँ अङ्क लोकार्पित

नवपथको 9 औँ अङ्क लोकार्पित

गान्तोक, 28 नोभेम्बर ः आज अपरान्ह  विकास क्षेत्रस्थित नेपाली साहित्य परिषद्को प्रेक्षागृहमा आजभन्दा 40 वर्षअघि 1980-मा स्थापित नवपथ युवा संघको पहलमा नवपथ युवा संघको प्रकाशनद्वारा प्रकाशित नवपथ सामयिक पत्रिकाको 9 औँअङ्क  कोरोनाकाललाई ध्यानमा राख्दै साधारण रूपमा लोकार्पित गरियो। साहित्यकार तथा पत्रकार अर्जुन पीयूष, वरिष्ठ कवि अमर बानियाँ ‘लोहोरो’, साहित्यकार पी. एल. शर्मा तथा संघका अध्यक्ष सी. के. बस्नेत एवं नवपथका सम्पादक पूर्ण योञ्जनलगायत अन्यहरूको संयुक्त बाहुलीबाट पत्रिकाको विमोचन गरियो।

पत्रिकाका सम्पादक पूर्ण योञ्जनले पत्रिका प्रकाशन गर्दा झेल्न परेका समस्याहरूका सन्दर्भमा प्रकाश पारे भने संघका अध्यक्ष सी. के. बस्नेतले संघको पत्रिकाको विमोचन कार्यक्रम भव्य रूपमा गर्ने इच्छा रहे तापनि वैश्विक महामारी कोरोनाका कारण सम्भव हुननसकेको तर पनि संघले औपचारिकतास्वरूप यो कार्य गर्न सफल भएकोमा संघका सम्पूर्ण परिवार तथा सदस्यगणप्रति आभार व्यक्त गरेका छन्। 

नवपथको विमोचन हुनभन्दा पहिले समितिका सदस्यहरूलाई लिएर संघकै अध्यक्ष सी. के. बस्नेतको अध्यक्षतामा एक सभा आयोजन गरियो। सभामा विभिन्न प्रस्तावहरू पारित गरिए। विशेष गरेर संघका सदस्यहरूले  मासिक 500 रुपियाँ तिनुपर्ने, अबउसो पुनः 2021 -देखि सरकारी विद्यालयहरूबाट बाह्रौँ श्रेणीमा नेपाली विषयमा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई संघको तर्फबाट स्कलरसीप अन्तर्गत 10 हजार प्रदान गरिने, वर्षमा एकपटक एघारौँ र बाह्रौँ श्रेणीका विद्यार्थी जसले नेपाली विषय लिएका छन्, उनीहरूमाझ निबन्ध प्रतियोगिता गराउने अनि नवपथको प्रकाशनलाई निरन्तरता दिने प्रस्तावहरू पारित भएका छन्।

The author is Arjun Piyush, a senior journalist based in Sikkim and Editor at Naari Aabha and Atal Bhandari magazine. He can be contacted at piyus.arjun8@gmail.com

Read more related reports:

ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष...

सबैकी माँ जी ः सन्तोष निराश साहस र ऊर्जाकी धनी

सञ्चमान लिम्बू अब रहेनन्