बाघेखोला निवासी संक्रमित महिलाको निधन

बाघेखोला निवासी संक्रमित महिलाको निधन

गान्तोक,  6 अक्टोबर: राज्यमा कोभिडको कारण फेरि एउटा ज्यान गएको छ। बाघेखोला निवासी एक 84 वर्षीय महिलाको यहाँको एसटीएनएम अस्पतालमा निधन भएको हो। तिनलाई गत 3 अक्टोबरको दिन एसटीएनएम अस्पतालमा भर्ना गरी उपचार चलाइएको थियो। आज बिहान 5: 30 बजे तिनको निधन भएको हो। तिनलाई अस्थमा अनि उच्च रक्तचापमा समस्या रहेको थियो। यसरी राज्यमा अब कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या 46 पुगेको छ।  

आज 17 वटा नयाँ संक्रमण देखिएको जानकारी गराइएको छ। जसमा 11 वटा पूर्व जिल्लाबाट अनि 6 वटा दक्षिण जिल्लाबाट रहेका छन्। हिज 43 वटा नयाँ संक्रमण देखा परेको थियो जसमा 28 वटा पूर्व जिल्लाबाट अनि 15 वटा दक्षिण दिल्लाबाट रहेका थिए। यो समाचार लेखुन्जेलसम्म राज्यमा सक्रिय मामला 598 रहेको छ।  कुल पोजिटिभ संख्या 3110 रहेको छ भने 2466 जना निको भइसकेका छन्।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने

फेरि दुईजनाको मृत्यु:39 नयाँ मामला

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ