फेरि दुईजनाको मृत्यु:39 नयाँ मामला

राज्यमा कोभिडको कारण थप दुईजनाको ज्यान गएको जानकारी गराइएको छ

फेरि दुईजनाको मृत्यु:39 नयाँ मामला

गान्तोक, 03 अक्टोबर: राज्यमा कोभिडको कारण थप दुईजनाको ज्यान गएको जानकारी गराइएको छ। भुसुक 10 माइल निवासी एक 35 वर्षीय पुरुषको हिज एसटीएनएम अस्पतालमा ज्यान गएको भनिएको छ। तिनलाई हिज दिउँसो मात्र अस्पतालमा भर्ना गरिएको थियो। तिनको मस्तिष्कमा पनि केही समस्या रहेको भनिएको छ। यहाँको आइसीयु वार्डमा उपचार चलिरहँदा तिनको निधन भएको जानकारी गराइएको छ।

यसरीनै अप्पर बुर्तुकका एक 69 वर्षीय पुरुषको पनि संक्रमणको कारण ज्यान गएको छ। गत 2 तारिक बेलुकी तिनलाई अस्पतालमा भर्ना गरिएको थियो। तिनलाई आन्द्रामा पनि केही समस्या रहेको भनिएको छ। यसरी अब राज्यमा कोभिड मृत्युको संख्या 43 पुगेको छ।

आज सिक्किममा 39 नयाँ मामला देखिएको स्वास्थ्य विभागद्वारा जानकारी गराइएको छ। जसमा 37 वटा पूर्व सिक्किमबाट अनि 2 वटा दक्षिण सिक्किमबाट रहेका छन्। राज्यमा अहिले सक्रिय मामला 640 रहेको छ भने 2367 जना संक्रमणमुक्त भइसकेका छन्। आजसम्मको कुल पोजिटिभ संख्या 3050 पुगेको छ।

 

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

1 अक्टूबर देखि खुल्ला रुपमा अन्य राज्य बाट सिक्किम भित्रिन...

41 नयाँ मामला: कुल 35 जनाको ज्यान गयो

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ