सिक्किममा संक्रमितको संख्या तीन हजारभन्दा बढ़ी

गान्तोक, 03 अक्टोबर: राज्यमा 42 वटा नयाँ कोभिड संक्रमण देखिएसँगै संक्रमितको अहिलेसम्मको कुल संख्या अब 3000 भन्दा माथि पुगेको छ। जसमा 2328 जना संक्रमणमुक्त भइसकेका छन्। आज आएको 42वटा मामलामा 39 वटा पूर्व जिल्लाबाटै रहेको भनिएको छ। कुल संख्या मध्ये संक्रमितको संख्या प्राय: हर दिननै गान्तोकमा बढ़ी देखिने गरेको छ।

सिक्किममा संक्रमितको संख्या तीन हजारभन्दा बढ़ी

यसका साथै दैनिक कोही न कोही संक्रमितको निधन भएको समाचार पनि आइरहेको छ। आज पनि एक 77 वर्षीय महिलाको निधन भएको बताइएको छ। गान्तोकको बाहाई स्कुल क्षेत्रवासी सो महिलाको एसटीएनएमको आइसीयुमा उपचार चलिरहेको थियो। तिनलाई मधुमेह अनि मृगौला सम्बन्धी समस्या रहेको थियो। हिजनै अस्पताल भर्ना भएको सो महिलाको बेलुकी 8 बजे निधन भएको भनिएको छ। उनको निधनसँगै अब राज्यमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या 41 पुगेको छ।

स्वास्थ्य सचिवले 1 अक्टोबरको बुलेटिनमा कोभिड अब सिक्किमेली समुदायमा फैलिएकोले सबै नागरिक आफैनै होशियार हुन पर्ने बताए। स्वास्थ्य विभाग तथा सम्पूर्ण कोभिड योद्धाहरुले संक्रमणको रोकथामको निम्ति सक्दो प्रयास चलाएको अनि सिक्किमका कतिपय ठाउँहरुबाट शुरु भई अब विस्तारै प्राय सबै क्षेत्रबाट संक्रमण देखा परिरहँदा जनता आफै सचेत भएर यसको रोकथामको निम्ति सबैले एका-अर्काको सहयोग गर्नुपर्ने तिनले बताए। अन्तर्राज्यीय अवागमन खुल्ला गरिएपछि विभिन्न चेकपोस्टमा रहेका स्क्रिनिङ टोली पनि अब विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाइएका छन्।

 समाचार लेखुन्जेलसम्म राज्यमा कुल संक्रमण 3011 पुगेको छ जसमा 2328 निको भएका छन्। 9 जनाको एसटीएनएम अस्पतालको आइसीयु वार्डमा उपचार चलिरहेको छ। अहिले राज्यमा सक्रिय मामला 642 रहेको छ।       

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

1 अक्टूबर देखि खुल्ला रुपमा अन्य राज्य बाट सिक्किम भित्रिन...

41 नयाँ मामला: कुल 35 जनाको ज्यान गयो

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ