कोभिडको बढ़दो प्रकोपबीच दुई दिन उमेरको संक्रमित नानी निको

राज्यमा 49वटा नयाँ संक्रमण अघि आएको जानकारी स्वास्थ्य विभागका आइईसी अधिकारी सोनाम जी भुटियाले गराएका छन्।

कोभिडको बढ़दो प्रकोपबीच दुई दिन उमेरको संक्रमित नानी निको
Image Credit: Industriall-Union

गान्तोक, 20 सेप्टेम्बर:  राज्यमा 49वटा नयाँ संक्रमण अघि आएको जानकारी स्वास्थ्य विभागका आइईसी अधिकारी सोनाम जी भुटियाले गराएका छन्। हाल एसटीएनको आइसीयुमा 3 जना संक्रमितको उपचार चलिरहेको छ।

संक्रमितहरुमध्ये एकजना लेप्चा ग्यारेज नजिक बाइपासबाट, कोपीबारी पीएचएससी स्यारीबाट एकजना, 3 जना डेभ्लोप्मेन्ट एरियाको कन्टेन्मेन्ट जोनबाट,  एकजना पीएनजी रोडबाट, देउराली रोडबाट एकजना अनि रिनाक किङस्टोनबाट एकजना रहेका छन् जसलाई एसटीएनएममा हाल भर्ना गरिएको छ। दक्षिण जिल्लाबाट  37 जना संक्रमित रहेका छन् जसमध्ये 30 जना जोरथाङबाट क्षेत्रबाट रहेका छन्। जोरथाङ क्षेत्रका संक्रमितहरुमध्ये 6 जना जोरथाङ सीएचसीका कर्मचारीहरु, 6 जना चिसोपोनी क्षेत्रबाट अनि एकजना मल्लीका पुलिसकर्मी रहेका छन्। 

ट्रुनेटमा पोजिटिभ पाइएका मध्ये एकजना डाँड़ागाउँ तादोङबाट अनि एकजना बोझोघारी ठेगाना भएकी 23 वर्षीय महिला रहेकी छन्। सिआरएचमा गरिएको र्यापिड एन्टिजेन टेस्टमा एकजना बोझोघारी मन्दिर क्षेत्रबाट अनि अन्य एकजना सोम्बारे पश्चिम सिक्किमबाट संक्रमित पाइएका छन्। बोझोघारीकी 23 वर्षीय महिलालाई सम्पर्क गर्न नसकिएकोले यथाशीघ्र स्वास्थ्य विभागलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

छोङ्गे निवासी एक 54 वर्षीय पुरुषको कोभिड संक्रमणबाट निधन भएको छ। गत 2 सेप्टेम्बरमा तिनलाई एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो। तिनी मधुमेह, क्रोनिक किड्नी डिजिसले ग्रस्त थिए।

यहाँ उल्लेखनीय कुरा के छ भने केही दिन अघि संक्रमित पाइएको एउटा दुई दिन उमेर भएको नानी निको भएको जानकारी गराइएको छ। 

यो समाचार प्रकाशन गरिन्जेलसम्म राज्यमा 469 सक्रिय कोभिड संक्रमणको मामला रहेको छ। 1894 संक्रमणबाट निको भइसकेका छन्। राज्यमा कुल पोजिटिभ मामला 2391 पुगेको छ। आजको एउटा मृत्युसँगै राज्यमा मृत्यु हुनेको संख्या 29 पुगेको छ।

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

थप 2 जनालाई लग्यो कोभिडले: कुल मृत्यु 28

कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

एक 10 महिनाको नानीमा संक्रमण: थप दुईजनाले ज्यान गुमाए