विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
लोकतन्त्रको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सु-सूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो । प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक–नकारात्मक गतिविधिलाई उजागर गर्ने सशक्त माध्यम हो । यही आलोचनाबाट जवाफदेहिताको त्यो ढोका खोलिन्छ, जुन समतामूलक समाजका लागि अपरिहार्य हुन्छ । त्यसैले प्रेस तथा सञ्चारकर्मीको सुरक्षामा सरकारसमेत चनाखो हुनुपर्नेछ ।
सिक्किम देशको सुन्दर राज्यमध्ये एउटा राज्य हो । तर यसलाई अझ सुन्दर बनाउनको निम्ति सबै राजनीतिक दल मिलेर प्रेसलाई स्वतन्त्रताको साथमा संचालन गर्न दिनुपर्छ ।
हिजोआज देखिन्छ लगभग सबैले राजनीतिक क्रियाकलापलाई समाचारको हेडलाईन बनाइरहेका हुन्छन् , हो राजनीतिक क्रियाकलाप सँग जनमानस जोडिन महत्त्वपूर्ण छ तर त्यसको साथसाथै सामाजिक समस्याहरु पनि उजागर हुन जरुरी छ ।
हामी अहिले सिक्किममा नयाँ दल ल्याउने तरखरमा छौँ । यो नयाँ राजनीतिक दलले सिक्किमे जनताको हक अनि अधिकारको निम्ति सङ्घर्ष गर्नेछ । हाम्रो यस कार्यमा सिक्किममा रहेका सम्पुर्ण प्रेसकर्मीहरुको हामीलाई नितान्त सहयोग पर्नजान्छ । आउदो चुनाउमा यदि सिक्किमे जनताले हामीलाई चुन्नगए प्रेस स्वतन्त्रताको साथमा संचालन होस् त्यो हामी अगावै वचन दिदैछौं । प्रेसलाई स्वतन्त्रताको साथमा कार्य गर्नदिए यसले सुन्दर समाजको निर्माण गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
- गणेश राई