पूर्व जिल्लामा संक्रमण देखा परेसँगै थप कन्टेन्मेन्ट जोनको घोषणा

कोभिड संक्रमण देखिएसँगै एउटा आदेश जारी गर्दै पूर्व जिल्ला प्रशासनले विभिन्न स्थानहरुलाई कन्टेन्मेन्ट जोन घोषित गरेको छ। गान्तोक लाल बजार कञ्चनजंगा सपिङ कम्प्लेक्स पछिल्तिरको मोल्टन ली बिल्डिङ, अम्दो-गोलाई तल्तिरको वाङ्दी कटेज, कोयर बोर्ड- अम्दो गोलाई नजिक नविन प्रधानको घर, जेएन रोड सात माइलस्थित तेन्जिङ छोपेलको घर, खोङसी नाम्चेबुङस्थित पदम प्रसाद शर्माको घरलाई कन्टेन्मेन्ट जोन घोषित […] The post पूर्व जिल्लामा संक्रमण देखा परेसँगै थप कन्टेन्मेन्ट जोनको घोषणा appeared first on The Sikkim Chronicle - Sikkim News.

पूर्व जिल्लामा संक्रमण देखा परेसँगै थप कन्टेन्मेन्ट जोनको घोषणा

कोभिड संक्रमण देखिएसँगै एउटा आदेश जारी गर्दै पूर्व जिल्ला प्रशासनले विभिन्न स्थानहरुलाई कन्टेन्मेन्ट जोन घोषित गरेको छ।

गान्तोक लाल बजार कञ्चनजंगा सपिङ कम्प्लेक्स पछिल्तिरको मोल्टन ली बिल्डिङ, अम्दो-गोलाई तल्तिरको वाङ्दी कटेज, कोयर बोर्ड- अम्दो गोलाई नजिक नविन प्रधानको घर, जेएन रोड सात माइलस्थित तेन्जिङ छोपेलको घर, खोङसी नाम्चेबुङस्थित पदम प्रसाद शर्माको घरलाई कन्टेन्मेन्ट जोन घोषित गरिएको छ।

सिङताम आदर्श गाउँका तीनवटा घरहरुलाई कन्टेन्मेन्ट जोन घोषित गरिएको छ। सो गाउँका पुष्पलाल छेत्रीको घर, गोपाल छेत्रीको घर अनि मोहन प्रधानको घरहरुको 20 मिटर वरपरको क्षेत्रलाई अर्को एउटा आदेश जारी गरेर कन्टेन्मेन्ट जोन घोषणा गरिएको हो।

आज राज्यमा 29वटा नयाँ कोभिड संक्रमण देखा परेको जानकारी स्वास्थ्य विभागद्वारा जारी हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरिएको हो। एसटीएनएम स्त्रीरोग कक्षबाट एकजना, अहो याङथाम नजिक मेक्लोइड फाटक नजिक खटाइएका दुई पुलिसकर्मी, एकजना रे खोला रोडबाट, सरम्सा क्षेत्रबाट एकजना, 32 नम्बरबाट एकजना, पाँच माइल गान्तोकबाट एउटै घरका चारजना, अम्दो गोलाइबाट एकजना आइटी अफिसर, जेएन रोड सात माइलबाट एकजना, इन्दिरा बाइपास कोयर बोर्ड छेउबाट दुईजना, लाल बजारबाट एकजना, आइटीबीपी रेबाट एकजना,  एकजना रानीपूलबाट पोजिटिभ पाइएका छन्। एसटीएनएममा पोजिटिभ पाइएकी महिलाको जाँच ट्रुनेटबाट गरिएको थियो भने अन्य उल्लेखित सबैको जाँच आरटीपीसीआरबाट गरिएको बताइएको छ।

लाल बजारमा पोजिटिभ पाइएका फल व्यापारी भने 10 दिनदेखि दोकानमा आएका थिएनन्। तरै पनि सावधानी अप्नाउदै उनको दोकान रहेको क्षेत्रलाई केही दिनको निम्ति कन्टेन्मेन्ट घोषित गरिएको जानकारी स्वास्थ्य विभागद्वारा गराइएको छ।

यसैगरी एन्टिजेन टेस्टबाट रानीपूलका एकजना जसलाई मनिपालमा गरिएको टेस्टमा पोजिटिभ पाइयो, सिङतामका विभिन्न स्थानबाट 3 जना, एकजना निमटारबाट, एकजना आदर्स गाउँबाट, 1 जना 32 नम्बरबाट अनि 5जना स्क्रनिङ सेन्टरबाट पोजिटिभ पाइएका छन्।

राज्यमा अहिलेसम्म जम्मा 1475 वटा संक्रमण पुष्टि भएको छ। सक्रिय मामला 418 रहेको छ भने 1054 जना निको भइसकेका छन्। अहिलेसम्म कोभिड संक्रमणको कारण 3 जनाले ज्यान गुमाएका छन्।      

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन…

उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता

The post पूर्व जिल्लामा संक्रमण देखा परेसँगै थप कन्टेन्मेन्ट जोनको घोषणा appeared first on The Sikkim Chronicle - Sikkim News.