कोल्थाङ-माङ्जिङ जिल्ला पञ्चायतद्वारा उपयोगी सामान वितरण

कोल्थाङ-माङ्जिङ जिल्ला पञ्चायतद्वारा उपयोगी सामान वितरण

दक्षिण सिक्किमको कोल्थाङ-माङ्जिङ क्षेत्रका जिल्ला पञ्चायतद्वारा 4 जुलाईका दिन क्षेत्रका विभिन्न संघ-संस्थाहरुलाई विभिन्न आवश्यक तथा उपयोगी सामग्रीहरु वितरण गरिएको छ। लिङमो पुलिस चौकीलाई 10 वटा चौकी अनि एउटा आलमारी, क्षेत्रका कृषि विभाग साथै पशुपालन एवं पशु चिकित्सा विभागका कार्यलयहरुलाई 10-10वटा चौकी वितरण गरिएको छ। 

यसरीनै अप्पर निया शेर्पा समाजलाई चिया कन्टेनर, थालहरु, त्रिपाल अनि फ्लास्क, ब्रम समाजलाई डिनर सेट, चिया कन्टेनर र फ्लास्क अनि क्षेत्रका 9 वटा ईसाई चर्चलाई एक-एकवटा ठुला आलमारी वितरण गरिएको जानकारी यहाँका जिल्ला पञ्चायत के.डी. काफ्लेले गराएका हुन्।

यी विभिन्न वितरण कार्यहरुमा गरिएको खर्च राज्य वित्तिय कोष अन्तर्गत 2019-20को कोल्थाङ-माङ्जिङ जिल्ला कोषबाट गरिएको जानकारी जिल्ला पञ्चायत काफ्लेले दिएका हुन्।