कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

राज्यमा 29 वटा नयाँ कोभिड संक्रमण मामला अघि आएको छ। एसटीएनएम अस्पतालको आइसीयुमा कुल 7 जना संक्रमित उपचाराधिन छन्।

कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

गान्तोक, 19 सेप्टेम्बर: राज्यमा 29 वटा नयाँ कोभिड संक्रमण मामला अघि आएको छ। एसटीएनएम अस्पतालको आइसीयुमा कुल 7 जना संक्रमित उपचाराधिन छन्। सो जानकारी स्वास्थ्य विभागको आज बेलुकीको हेल्थ बुलेटिनमार्फत विभागका आइईसी अधिकारी सोनाम जी भुटियाले गराएका हुन्।

आरटीपीसीआर पद्दतिद्वारा गरिएको जाँचमा मनिपाल सेन्ट्रल रेफर्रल अस्पतालबाट संकलन भएका नमुनाहरुमा 3 वटामा संक्रमण पाइएको बताइएको छ, जो मनिपालकै कर्मचारीहरु रहेको भनिएको छ। तीमध्ये एकजना आइसीएआर, एकजना स्टाफ क्वार्टर ‘ए ब्लक’बाट अनि एकजना ग्रीन्डेल विद्यालय नजिकबाट आएको बताइएको छ। यसरीनै साङबाट एकजना, सिङताम जिल्ला अस्पतालको आइसोलेसन वार्डबाट एकजना, लिङदिङ स्कूलमुनिबाट एकजना, इलाहावाद बैंक नजिक बुर्तुकबाट एकजना, बुर्तुक डाइट कलेज नजिकबाट एकजना, देउराली स्कूल नजिकबाट एकजना, देउराली पुलिस आउटपोस्टमुनिबाट 2 जना, एक सिच्छेका 50 वर्षीय पुरुष, डेभ्लोप्मेन्ट एरिया 2 जना, डिक्चुबाट 2 जना, रानीपूल स्माइल्यान्ड एरियाबाट एकजना, स्वस्तिक नजिकबाट एकजना, ग्रीनडेल स्कूल नजिकबाट एकजना, अगावै कन्टेन्मेन्ट जोन रहेको सिच्छे सुखापुलबाट एकजना, पीएस रोड युकोबैंक सरकारी क्वार्टरबाट एकजना, तिमी तार्कुबाट एकजना, रम्फू एक्सिस बैंक नजिकबाट एकजना, पानी हाउस शिव मन्दिरमुनिबाट एकजना अनि नाम्चीबाट एकजना संक्रमित रहेका छन्।

ट्रुनेट पद्दतिबाट जाँचमा संक्रमित पाइएकाहरु सिसा गोलाई गान्तोकबाट एकजना अनि रानीपूलबाट एकजना रहेका छन्। र्यापिड एन्टिजेन टेस्टमा एउटा पोजिटिभ देउराली स्कूल नजीकबाट पाइएको छ।

होटल हंग्री ज्याक नजिक निवासी एक 45 वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको बताइएको छ। तिनलाई एसटीएनएम अस्पताल ल्याइपुर्याउदा तिनको मृत्यु भइकेको भनिएको छ। तिनको कोभिड जाँच गर्दा रिपोर्ट पोजिटिभ पाइएको बताइएको छ।

एसटीएनएममा कार्यरत एक नर्सिङ सुपेरिन्टेन्डेन्टको कोभिड संक्रमणको कारण मृत्यु भएको छ। राज्यमा कोभिड योद्धा स्वास्थ्यकर्मीको यो पहिलो निधन हो। आफ्नो कोभिड ड्युटि पूरा गरिसकेकी देउराली निवासी 49 वर्षीय नर्सको गत साता स्वास्थ्यमा गड़बड़ी देखिएपछि तिनलाई अस्पतालमा चिकित्सा गरी छुट्टी दिइएको थियो। तिनको स्वास्थ्य पुन: बिग्रिएपछि गरिएको जाँचमा तिनी पोजिटिभ पाइएकी थिइन्। एसटीएनएम कोभिड वार्डमा राखी उपचार चलाइरहँदा स्वास्थ्य अझ बिग्रिएर गएपछि तिनलाई आइसीयुमा भेन्टिलेटरमा राखियो। आज बिहान तिनको निधन भएको स्वास्थ्य बुलेटिनमा जनाइएको छ। 

पश्चिम सिक्किम बैगुने निवासी 72 वर्षीय पुरुषको पनि संक्रमणको कारण निधन भएको छ। गत 16 तारिक गरिएको जाँचमा तिनी संक्रमित पाइएका थिए। तिनलाई उच्च रक्तचाप अनि मधुमेहको समस्या रहेको थियो। एसटीएनएमको आइसीयु वार्डमा तिनी उपचाराधीन थिए।

यो समाचार लेखुन्जेलसम्म स्वास्थ्य विभागको रिपोर्ट अनुसार राज्यमा कुल सक्रिय मामला 422 वटा रहेको छ भने 1857 जना निको भइसकेका छन्। कुल संक्रमण 2303 पुगेको छ। हिजो 4 जना अनि आज 3 जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेहरुको संख्या अब 25 पुगेको छ।     

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट...

कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने