एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट जोनमा

एसटएनएम कन्टेन्मेन्ट जोन

एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट जोनमा
STNM Hospital, Sochaygang

गान्तोक, 05 सेप्टेम्बर: राज्यमा आज 58 वटा नयाँ कोभिड संक्रमण देखा परेको जानकारी राज्य आइईसी अधिकारी सोनाम जी भुटियाले जनाएका छन्।

3 वटा मामला स्यारीको डी-2 सरकारी आवासबाट, 6 वटा सिच्छे क्षेत्रबाट जसमा एउटा होटल ब्लुबेरी नजिकबाट, लेमन ट्री नजिकबाट एउटा, बरपिपल बाट 2वटा मामला आएको छ। वेस्ट पोइन्ट स्कूल तलबाट एउटा, राङका जिरो पोइन्टबाट एउटा, अप्पर बुर्तुक क्षेत्रबाट एउटा, काजी रोडबाट एउटा, मामला आएको छ।

आरिथाङबाट 17 वटा नयाँ मामला सामु आएको छ। जसमा 13 वटा प्राइमेरी कन्ट्याक्ट रहेको र यी सभै हालको कन्टेन्मेन्ट जोनबाट पाइएको बताइएको छ। 3 वटा आरिथाङ अल इण्डिया रेडियो परिसर नजिकबाट, एउटा सीएस राई माध्यमिक विद्यालय नजिकबाट पाइएको जानकारी गराइएको छ। एउटा 3 माइल जेएन रोडबाट रहेको छ।

2 वटा मामला एसटीएनएमको कर्मचारीहरुमा पाइएको सोनाम जी भुटियाले जानकारी गराए। तिनीहरु पहिलेदेखिनै क्वारेन्टाइनमा रहेका छन्। एकजना पुलिसकर्मी आइटीबीपी मनि थालागाउँबाट संक्रमित पाइएको भनिएको छ। एउटा लाल बजारको कन्टेन्मेन्ट जोनबाट, एउटा एमजी मार्ग गुप्ता टी हाउसबाट, सिङतामबाट आरटीपीसीआर मार्फत पोजिटिभ पाइएको एउटा अनि 9 वटा फार्मर्स होस्टेलबाट पाइएको बताइएको छ। ग्रीनडेल क्षेत्रबाट 6 वटा मामला पाइएको छ जो अहिले कन्टेन्मेन्ट क्षेत्रबाट नै रहेको छ। डिक्चु ग्रेफका दुजना संक्रमित पाइएका छन् जसलाई हाल सरमसामा राखिएको छ। एन्टिजेन टेस्टमा रम्फू बजारबाट एउटा, एउटा तादोङबाट अनि एउटा आसाम लिङजेबाट आएको भनिएको छ।

 कोभिड-19 पोजिटिभ पाइएसँगै स्वास्थ्य विभागले एसटीएनएम अस्पतालको प्याथोलोजी, कार्डियोलोजी अनि बायोकेमिस्ट्री डिपार्टेमेन्टहरुलाई 48 घण्टाको निम्ति कन्टन्मेन्ट जोन घोषित गरिएको सूचना जारी गरेको छ। यस अवधिमा सो डिपार्टमेन्टहरुलाई नियम अनुसार सिनिटाइजेसन गरिनेछ। एसटीएनएमका सम्पूर्ण डिपार्टमेन्टहरुलाई नियमित तथा आकस्मिक सम्पूर्ण नमुना जाँचको निम्ति निजी ल्याबहरुमा पठाउनुपर्ने भनिएको छ। यस अवधिभरि कार्डियोलोजीमा कुनै नयाँ रोगीलाई भर्ना गरिने छैन। आकस्मिक स्थितिको निम्ति भने टीआइसीयूको प्रयोग गरिनुपर्ने भनिएको छ।

हिज गान्तोकको लाल बजार परिसरमा 16 मामलाको पुष्टि भए पछि लाल बजार वरिपरिका विभिन्न ठाउँहरुलाई कन्टेन्मेन्ट जोन घोषणा गरिएको थियो। जसमा डेन्जोङ सिनेमा हल, मीनि सुपर मार्केट, बुचर शप (मासु दोकान) अनि लादेनला बिल्डिङ रहेको छ।

यसरीनै पश्चिम सिक्किमको गेजिङस्थित पञ्चायत रिसोर्स सेन्टरमा क्वारेन्टाइनमा रहेका 28 जवान संक्रमित पाइएपछि सो क्षेत्रलाई पनि पश्चिम जिल्ला प्रशासनले कन्टेन्मेन्ट जोन घोषित गरिदिएको हो। यसको साथै हिजनै दक्षिणबाट एउटा मामला देखा परेसँगै सोक्पे जीपीयू अन्तर्गत पर्ने मिरा छेत्रीको घर अनि 20 मिटर व्यासर्ध (रेडियस)को क्षेत्रलाई दक्षिण जिल्ला प्रशासनले कन्टेन्मन्ट जोन घषित गरेको हो।

हिज जम्मा 105वटा नयाँ मामला सामु आएका थिए जसमा पूर्व जिल्लाबाट 76, पश्चिमबाट 28, अनि दक्षिणबाट एउटा मामला रहेको थियो। आज अघि आएका 58वटा नयाँ मामला सबै पूर्व जिल्लाबाट रहेका छन्। यससँगै अब सक्रिय मामला 549 रहेको छ भने 1347जना निको भइसकेका छन्। आजसम्म राज्यमा कुल पोजिटिभ संख्या 1901 पुगेको छ। अहिलेसम्म राज्यमा 5 जनाले कोभिडको कारण ज्यान गुमाएका छन्।   

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो