एक 10 महिनाको नानीमा संक्रमण: थप दुईजनाले ज्यान गुमाए

राज्यमा 54 वटा नयाँ संक्रमणको मामला अघि आएको जानकारी स्वास्थ्य विभागको हेल्थ बुलेटिनमार्फत गराइएको छ।

एक 10 महिनाको नानीमा संक्रमण: थप दुईजनाले ज्यान गुमाए

गान्तोक 15 सेप्टेम्बर: राज्यमा 54 वटा नयाँ संक्रमणको मामला अघि आएको जानकारी स्वास्थ्य विभागको हेल्थ बुलेटिनमार्फत गराइएको छ।

कुल 8 जना संक्रमित एसटीएनएम अस्पतालको आइसीयुमा उपचाराधीन छन्। आरटीपीसीर पद्धतिद्वारा गरिएको जाँच अनुसार नेवार गुथीमुनि बाइपासको ठेगाना भएको एकजना, फरेस्ट चेकपोस्ट नजिक लोवर सिच्छेबाट एकजना, लेमोनट्रीबाट 5जना, लोवर ताथाङ्चेनबाट एकजना, अप्पर सिच्छे फरेस्ट कोलोनी मुनीबाट एकजना, सिनोल्चु होटलबाट एकजना, मानबीर कोलोनीबाट एकजना, एकजना एसटीएनएमको कर्मचारी, रानीपूल मेक्लेइडसबाट एकजना, थालागाउँ मेट्रो पोइन्टमुनीबाट एकजना, देउराली नामनाङ ट्रफिक पोइन्टबाट एकजना, रेलवे गेस्ट हाउसमुनिबाट एकजना, पाक्योङ छलमथाङबाट एकजना, मेसकोठीमुनि ताथाङचेनबाट 2 जना, पुरानो सिक्किम जेवेल्स कम्प्लेक्स नजिक ठेगाना भएका एकजना, जनता भवन नजिकबाट एकजना, बुर्तुक बिलिभर्स चर्च विपरित ठेगाना भएका एकजना, सिच्छे कोपरेटिभ नजिकबाट एकजना, सीएस राई माध्यमिक पाठशाला नजिकबाट एकजना, आरिथाङकै नामदुल रेसिडेन्सीमुनिबाट एकजना, थामीडाँड़ाबाट एकजना, साङबाट एकजना, मार्तम नजितामबाट एकजना, रानीपूलबाट एकजना, बाइपास बाइक ग्यारेजमाथिबाट एकजना, लिङदोक वार्ड न. 1बाट एकजना, साङखोलाबाट एकजना, वेस्ट पान्डमबाट एकजना, सिलोह चर्च साङखोला नजिकबाट एकजना, एसबीआइ बैंकमाथि माझीटारबाट एकजना, पञ्चायत भवन नजिक पश्चिम पान्डमबाट एकजना, रम्फूबाट एकजना, एक 10 महिनाको बच्चा माझीटारबाट अनि एपिका गार्डन क्वारेन्टाइनबाट 7जना संक्रमित पाइएका छन्।

र्यापिड एन्टिजेन टेस्टमा आरिथाङ अल इण्डिया रेडियो नजिकबाट एकजना, जालीपूलबाट एकजना, ग्रीनडेल स्कूल नजिकबाट एकजना, रे खोला रोडबाट एकजना,  मल्लीबाट 2 जना अनि आरिटारबाट एकजना संक्रमित पाइएको बताइएको छ।

ट्रुनेटमा पोजिटिभ पाइएका मल्ली निवासी एक 64 वर्षीय पुरुषको कोभिड संक्रमणबाट गत 14 तारिक बेलुकी 6:40मा मृत्यु भएको जानकारी गराइएको छ। नाम्चीमा गरिएको र्यापिड एन्टिजेन जाँचमा तिनलाई पोजिटिभ पाइएपछि एसटीएनएम अस्पतालमा पुन: गरिएको जाँचमा पनि तिनी पोजिटिभ पाइएका थिए। तिनलाई मधुमेह अनि उच्च रक्तचापको समस्या पनि रहेको थियो।

अप्पर सिच्छे क्षेत्रबाट एक 41 वर्षीय महिलाको पनि ज्यान गएको छ। हिज तिनलाई मनिपाल अस्पतालबाट एसटीएनएममा सारिएको भनिएको छ। आज बिहान 4:26मा तिनको निधन भएको जानकारी गराइएको छ। तिनलाई मधुमेह अनि उच्च रक्तचापको समस्या रहेको थियो भने तिनको डायलाइसिस पनि चलिरहेको थियो।  

यो समाचार लेखुन्जेलसम्मको जानकारी अनुसार राज्यमा अहिले 464 वटा सक्रिय मामला रहेको छ। 1690 जना कोभिड संक्रमणबाट निको भइसकेका छन् भने राज्यमा अहिलेसम्मको कुल पोजिटिभ संख्या 2173 पुगेको छ। हिज जोरथाङका एकजना पुरुष अनि आज थप दुईजनाको मृत्यु भएसँगै राज्यमा कोभिडबाट ज्यान गुमाउनेको संख्या अब 19 पुगेको छ।     

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट...

कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने