28वटा नयाँ संक्रमण: ज्यान गुमाउनेको संख्या 16 पुग्यो

सिक्किममा 567वटा सक्रिय मामला रहेका छन्, 1505 कोभिड संक्रमणबाट निको भइसकेका छन् भने राज्यमा अहिलेसम्मको कुल संख्या 2046 पुगेको छ।

28वटा नयाँ संक्रमण: ज्यान गुमाउनेको संख्या 16 पुग्यो
Photo for Representational Purposes Only

गान्तोक, 13 सेप्टेम्बर: सिक्किममा 31 वटा नयाँ कोभिड संक्रमणको मामला अघि आएको छ। उक्त जानकारी स्वास्थ्य विभागका आइईसी अधिकारी सोनाम जी भुटियाले आजको स्वास्थ्य बुलेटिनमार्फत सार्वजनिक गरेका हुन्।

आरटीपीसीआर पद्धतिद्वारा गरिएको जाँचमा 28जना संक्रमित पाइएका छन्। जसमध्ये एकजना स्याब्को बैंक नजिक काजी रोडबाट, दिछेलिङ क्षेत्र तरायाना होटल माथिल्तिर ठेगाना भएको एकजना, ताथाङ्चेन स्कूल नजिक ठेगाना भएका एकजना, एसबीआइ छेउ रानीपूलका एकजना, नामनाङको कन्टेन्मेन्ट जोनबाट 2 जना, साम्दुर ओरेन्ज भिलेजमाथिबाट दुईजना, एकजना देउराली कन्या उच्चतर माध्यमिक विद्यालयबाट, एकजना एसटीएनएम अस्पतालमा भर्ना भएको बिरामी, पाक्योङबाट एकजना, 2 जना माझीटारबाट, 2 जना रम्फूबाट, राजभवन परिसरबाट 2 जना कर्मचारी, एपिका गार्डन फेसिलिटी क्वारेन्टाइनबाट 9 जना ग्रेफ कर्मीहरु रहेका छन्। यसैगरी एकजना दुई दिन अघि मात्र जन्मिएको नानी संक्रमित पाइएको छ जसको उपचार एसटीएनएम अस्पतालमा चलिरहेको बताइएको छ।

एकजना 37 वर्षीय पुरुष मेट्रो पोइन्ट ठेगाना भएका संक्रमित पाइएका छन्। तिनलाई फोनमा सम्पर्क गर्न नसकिएकोले स्वास्थ्य विभागका अधिकारी सोनाम जी भुटियाले झट्ट विभागसँग सम्पर्क गर्न आग्रह गरेका छन्। ट्रुनेट जाँचमा मंगन निवासी एकजना, रम्फू निवासी एकजना अनि हिज ज्यान गुमाउने एकजना रहेका छन्।

 कोभिड संक्रमणका कारण आज पूर्व सिक्किम गान्तोकको डेभ्लोप्मेन्ट एरिया निवासी एक 42 वर्षीय महिलाको मृत्यु भएको जानकारी गराइएको छ। तिनको डायलाइसिस पनि भइरहेथ्यो। तिनी गत 8 सेप्टेम्बरको दिन गान्तोकस्थित एसटीएनएम अस्पतालमा भर्ना भइ उपचारिधिन् थिइन्। आज अपरान्ह 4:30मा तिनको निधन भएको छ। अस्पतालमा कोभिड जाँच गर्दा तिनी संक्रमित पाइएकी थिइन्।

पूर्व सिक्किम सिङतामस्थित शान्तिनगर निवासी 61 वर्षीय महिलाको पनि आज बिहान 2:50मा ज्यान गएको छ। एसटीएनएमको सीआइसीयुमा तिनी उपचाराधिन थिइन्। तिनलाई स्वास अनि अनि कलेजोको समस्या रहेको थियो।

बोझोघारी निवासी 68 वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। उनको डायलाइसिस पनि भइरहेको थियो। उनी 6 सेप्टेम्बरको दिन एसटीएनएममा भर्ना भएका थिए। आज बिहान 9 बजे यहाँको आइसीयुमा तिनको निधन भएको बताइएको छ। सिक्किममा कोभिड संक्रमणको कारण यो साता मात्रै 5 जनाले ज्यान गुमाएका छन्। यससँगै अहिलेसम्म संक्रमणबाट राज्यमा जम्मा 16 जनाको ज्यान गइसकेको छ।

यो समाचार लेखुन्जेलसम्म सिक्किममा 567वटा सक्रिय मामला रहेका छन्। 1505 कोभिड संक्रमणबाट निको भइसकेका छन् भने राज्यमा अहिलेसम्मको कुल संख्या 2046 पुगेको छ।

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट...

कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने