1 सेप्टेम्बर उसो राज्य भित्रिनेहरुका निम्ति नयाँ एसओपी

गान्तोक, 1 सेप्टेम्बर: अन्लक 4.0 प्रक्रिया अन्तर्गत भारत सरकारको दिशानिर्देशलाई ध्यानमा राख्दै  सिक्किम सरकारको स्वास्थ्य विभागले अन्तर्राज्यीय आउ-जाउ अथवा सिक्किम फर्कने नागरिकहरु तथा राज्यमा भित्रिने अन्यहरुको निम्ति नयाँ मानक संचालन प्रक्रिया (एसओपी) जारी गरेको छ। सो एसओपी 1 सेप्टेम्बर उसो सम्बन्धित सम्पूर्णले अनिवार्य रुपमा पालन गर्नुपर्नेछ। सिक्किमका रैथाने तथा राज्यमा गत दुई वर्ष यता भाड़ामा […] The post 1 सेप्टेम्बर उसो राज्य भित्रिनेहरुका निम्ति नयाँ एसओपी appeared first on The Sikkim Chronicle - Sikkim News.

गान्तोक, 1 सेप्टेम्बर: अन्लक 4.0 प्रक्रिया अन्तर्गत भारत सरकारको दिशानिर्देशलाई ध्यानमा राख्दै  सिक्किम सरकारको स्वास्थ्य विभागले अन्तर्राज्यीय आउ-जाउ अथवा सिक्किम फर्कने नागरिकहरु तथा राज्यमा भित्रिने अन्यहरुको निम्ति नयाँ मानक संचालन प्रक्रिया (एसओपी) जारी गरेको छ। सो एसओपी 1 सेप्टेम्बर उसो सम्बन्धित सम्पूर्णले अनिवार्य रुपमा पालन गर्नुपर्नेछ।

सिक्किमका रैथाने तथा राज्यमा गत दुई वर्ष यता भाड़ामा बसोबासो गर्दै आएका तथा तिनीहरुका परिवारका सदस्यहरुलाई registration.covid19sikkim.org मा रजिस्ट्रेशन गरेवापत वर्तमान एसओपी पालन गर्दै राज्यमा प्रवेश दिइनेछ।

जिल्ला प्रशासनद्वारा गरिएको निरीक्षणमा फर्कने व्यक्तिको घर होम क्वारेन्टाइनको निम्ति उपयुक्त पाइएको खण्डमा उनीहरुलाई त्यहाँ क्वारेन्टाइनमा बस्ने अनुमति प्राप्त हुनेछ। अन्यथा फर्कने व्यक्तिहरु पेड/फेसिलिटी क्वारेन्टाइनमा स्वास्थ्य विभागद्वारा निर्धारण गरिएको अवधिभरि बस्न पर्नेछ।

विभिन्न कम्पनी तथा व्यव्सायहरुमा कार्यरत कामदार तथा श्रमिकहरुलाई उनीहरुको रोजगारदाताले  अनुरोध गरेवापत प्रवेश दिइनेछ। उनीहरुको क्वारेन्टाइन निर्धारित मानक अनुसार रोजगारदाताद्वारा प्रायोजित हुनेछ। उनीहरुलाई कोभिड जाँचको खाँचो परेमा अथवा पोजिटिभ भएको खण्डमा सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नु पर्नेछ।

व्यवसायिक, आधिकारिक साथै  तथा  आकस्मिक व्यक्तिगत कारणहरुबाट राज्यमा भित्रिने अन्यहरुलाई अधिकतम सात दिनको निम्ति केवल रम्फू चेकपोस्टबाट प्रवेश दिइनेछ। उनीहरुले अनलाइन कोभिड पोर्टलमा अनिवार्य रुपले रजिस्ट्रेशन गरेवापत मात्र प्रवेश पाउनेछन्। छोटो अवधिको निम्ति यसरी राज्य भित्रिनेहरुलाई अनिवार्य रुपमा निर्धारित शुल्कसहितको क्वारेन्टाइनमा पठाइनेछ। भित्रिएको 48 घण्टा पछि उनीहरुको आरटीपीसीआर जाँच एसटीएनएम अस्पतालको फ्लु क्लिनिकमा गरिनेछ। यदि नेगेटिभ पाइए उनीहरुलाई आफ्नो चयनबमोजिमको होटल/आवासमा बस्न अनुमति दिइनेछ। पोजिटिभ पाइएको खण्डमा स्वास्थ्य विभागको एसओपी बमोजिम तिनीहरुको उपचार गरिनेछ, जसको भुक्तान तिनीहरु स्वयंले गर्न पर्नेछ। श

ुल्कसहितको क्वारेन्टाइनको प्रति कोठा शुल्क रु. 2000/- अथवा साझा कोठाको निम्ति प्रति व्यक्ति रु. 1000/- भुक्तानी गर्न पर्नेछ। क्वारेन्टाइन सेन्टरमा शुल्क भुक्तानी गर्दा आरटीपीसीआर जाँचको रु 3500/- पनि तिर्न पर्नेछ। यदि सम्बन्धित व्यक्तिसँग तीन दिनको अवधिभित्र गरिएको ट्रुनेट जाँचको नेगेटिभ रिपोर्ट अघिबाटै रहे राज्य भित्रदा आरटीपीसीआर जाँच अनिवार्य हुनेछैन साथै उनीहरुलाई सोझै आफ्नो निर्धारित वासस्थान/होटलमा जाने अनुमति दिइनेछ।

यसरी छोटो अवधिको निम्ति राज्य भित्रिने व्यक्तिहरुले राज्यमा आउँदा आफ्नो निजी वाहनको प्रयोग गर्न पाउनेछन् तर उनीहरुको वाहन सोही दिन उनीहरुलाई निर्धारित स्थानमा पुर्याइ फर्केर जानपर्नेछ। यसका साथै वाहन ल्याउँदा कोभिडका सम्पूर्ण नियमलाई अनिवार्य रुपमा पालन गरेको हुनपर्नेछ।

रम्फू अनि मल्ली चेकपोस्टमा 1 सेप्टेम्बर उसो र्यापिड एन्टिजेन टेस्ट बन्द गरिनेछ। सो टेस्ट त्यति विश्वसनीय नपाइएको अनि टेस्टमा नेगेटिभ पाइएका यात्रीहरुमा नेगेटिभ भएको गलत धारणा उत्पन्न हुने भएकोले यसो गरिएको भनिएको छ। यसका साथै एन्टिनजेन टेस्टमा नेगेटिभ आएपनि टेस्टको विश्वसनीयतालाई ध्यानमा राख्दै यात्रीहरुलाई क्वारेन्टाइन पठाइएपछि असुविधा उत्पन्न हुने भएकोले अब उसो सो टेस्ट नगरिने भनिएको हो।

प्रौद्योगिक कमिटीको सिफारिस अनुसार होम/पेड क्वारेन्टाइनको अवधि 11 दिनको रहनेछ। क्वारेन्टाइन सकिएपछि कोभिड जाँच गरिने छैन। क्वारेन्टाइन अवधिको 7 दिन बितेपछि कुनै लक्षण देखा परेको खण्डमा मात्र कोभिड जाँच गरिनेछ।       

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो

The post 1 सेप्टेम्बर उसो राज्य भित्रिनेहरुका निम्ति नयाँ एसओपी appeared first on The Sikkim Chronicle - Sikkim News.