सबै शैक्षिक संस्थानका कर्मचारीहरु हाजिर हुन अनिवार्य

गान्तोक, 27 अगस्त: राज्यको शिक्षा विभागले एउटा अनुदेश परिपत्र जारी गर्दै 1 सेप्टेम्बर उसो सिक्किम सरकार अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थानका शिक्षक एवं अन्य कर्मचारीहरुलाई अनिवार्य रुपले आ-आफ्नो संस्थानमा हाजिर हुन पर्ने बताएको छ। आउँदो महिनाको 1 तारिकबाट विद्यालय, महाविद्यालय एवं अन्य शैक्षिक संस्थानहरु महामारीका कारण नियमित रुपमा खोल्न नमिले पनि कर्मचारीहरुले भने अब हाजिरी दिनु […] The post सबै शैक्षिक संस्थानका कर्मचारीहरु हाजिर हुन अनिवार्य appeared first on The Sikkim Chronicle - Sikkim News.

सबै शैक्षिक संस्थानका कर्मचारीहरु हाजिर हुन अनिवार्य

गान्तोक, 27 अगस्त: राज्यको शिक्षा विभागले एउटा अनुदेश परिपत्र जारी गर्दै 1 सेप्टेम्बर उसो सिक्किम सरकार अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थानका शिक्षक एवं अन्य कर्मचारीहरुलाई अनिवार्य रुपले आ-आफ्नो संस्थानमा हाजिर हुन पर्ने बताएको छ।

आउँदो महिनाको 1 तारिकबाट विद्यालय, महाविद्यालय एवं अन्य शैक्षिक संस्थानहरु महामारीका कारण नियमित रुपमा खोल्न नमिले पनि कर्मचारीहरुले भने अब हाजिरी दिनु पर्ने भनिएको छ। परिपत्रमा ‘एडहक’ शिक्षकहरुले पनि हाजिरी दिनु पर्ने बताइएको छ। आ-आफ्नो कार्यस्थलबाट शिक्षकहरुलाई अन्लाइन अनि अफलाइन कक्षाहरु संचालन गर्नका निम्ति खटाइनुपर्ने परिपत्रमा उल्लेखित छ। संस्थानहरुको रखरखावमा विशेष ध्यान दिनु पर्ने निर्देशन पनि निर्देशन दिइएको छ।

यसका साथै पञ्चायती राज संस्थानहरुको साथमा 5 देखि 25 सेप्टेम्बरसम्म नयाँ राष्ट्रिय शिक्षा नीतिको व्यापक प्रसार गरिनुपर्ने निर्देशन दिइएको छ। सो कार्यको निम्ति जिल्ला प्रमुख, एससीईआरटी, विद्यालय तथा महाविद्यालय प्रमुखहरुले उचित विशेषज्ञहरुको चयन एवं प्रतिनियुक्त गर्नुपर्ने भनिएको छ।

विभागद्वारा जारी एउटा अर्को अनुदेशमा राज्य सरकारले शैक्षिक संस्थानहरु महामारीपश्चात पुन: खोल्नको निम्ति भारत सरकारको दिशानिर्देशलाई पालन गर्ने बताइएको छ। विभागले सेप्टेम्बर 2020देखि मार्च 2021सम्मका निम्ति एकहक शिक्षकहरुको पनि नियुक्ति गर्ने बताइएको छ।

सो अनुदेशमा महामारीलाई ध्यानमा राख्दै यसपालीको शिक्षक दिवस राज्य सरकारद्वारा नमनाइने भनिएको छ। यसपालीको राज्य पुरस्कार सम्मानको घोषणा भने सो दिन गरिने अनि सठिक समयमा सो हस्तान्तरण गरिने बताइएको छ। सबै संस्थानहरुले वर्चुअल मोडमा शिक्षक दिवस मनाउनु पर्ने अनुदेशमा उल्लेखित छ।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

सवारी साधनहरुको निम्ति नयाँ नियम: सरकारी कर्मचारीहरुले अनधिकृत छुट्टी लिएमा एल.डब्लु.पी

The post सबै शैक्षिक संस्थानका कर्मचारीहरु हाजिर हुन अनिवार्य appeared first on The Sikkim Chronicle - Sikkim News.