साना व्यापारीहरुलाई बचाउन वरदानको रुपमा Guaranteed Emergency Credit Line

कोभिड-19 तालाबन्दीको मारमा परेर आफ्नो व्यवसाय धान्न हम्मे परिरहेका सूक्ष्म, लघु एवं मध्यम उद्यमहरु (Micro, Small and Medium Enterprises)का निम्ति विभिन्न ब्याङ्कहरुले ‘ग्यारेन्टीकृत आपातकालिन क्रेडिट लाईन’ ऋण योजना (Guaranteed Emergency Credit Line) जारी गरेका छन्’।  यो कार्यशील पुञ्जीको रुपमा दिईएको मियादी ऋण हो ऋण स्थगन (Moratorium)को प्रावधान राखिएको छ।  वैश्विक-महमारीका कारण गरिएको तालाबन्दीका कारण विभिन्न […] The post साना व्यापारीहरुलाई बचाउन वरदानको रुपमा Guaranteed Emergency Credit Line appeared first on The Sikkim Chronicle - Sikkim News.

साना व्यापारीहरुलाई बचाउन वरदानको रुपमा Guaranteed Emergency Credit Line

कोभिड-19 तालाबन्दीको मारमा परेर आफ्नो व्यवसाय धान्न हम्मे परिरहेका सूक्ष्म, लघु एवं मध्यम उद्यमहरु (Micro, Small and Medium Enterprises)का निम्ति विभिन्न ब्याङ्कहरुले ‘ग्यारेन्टीकृत आपातकालिन क्रेडिट लाईन’ ऋण योजना (Guaranteed Emergency Credit Line) जारी गरेका छन्’।  यो कार्यशील पुञ्जीको रुपमा दिईएको मियादी ऋण हो ऋण स्थगन (Moratorium)को प्रावधान राखिएको छ।  वैश्विक-महमारीका कारण गरिएको तालाबन्दीका कारण विभिन्न सूक्ष्म, लघु एवं मध्यम उद्यमहरुलाई आफ्नो व्यव्साय पुन: शुरु गर्न तथा निरन्तरता दिन सहयोग पुर्याउने ध्येयका साथ सो सुविधाको थालनी गरिएको हो।

बैंकबाट अघिबाटै ऋण लिएर आफ्नो व्यव्साय चलाईरहेका सूक्ष्म, लघु एवं मध्यम उद्यमहरुलाई यो ऋण सुविधा प्राप्त हुनेछ। सबै बैंकहरुबाट मिलाएर 29 फरवरी 2020सम्ममा 25 करोड़सम्म ऋण तिर्न बाँकी रहेका अनि वितिय वर्ष 2019-20को वार्षिक व्याव्सायिक कारोबार 100 करोड़सम्म रहेका उद्यमहरुले यो सुविधाको लाभ उठाउन सक्नेछन्। कुनै पनि उद्यमको वितिय वर्ष 2019-20को लेखा-जोखा अझसम्म अडिट गर्न बाँकी रहेमा कारोबारीले आफ्नो कुल कारोबारको घोषणा (Declaration) बैंकलाई बुझाउन पर्ने हुन्छ। 29 फरवरी 2020सम्ममा जारी गरी ‘मुद्रा पोर्टल’मा रिपोर्ट जरिएका मुद्रा योजना अन्तर्गतका ऋणधारकहरुले पनि यसको लाभ उठाउन सक्नेछन्। 

यहाँ ध्यान दिनुपर्ने शर्त के छ भने बैंकमा चलिरहेको ऋण 29 फरवरी 2020सम्ममा 60 दिनभन्दा बढी समय  किस्ता नतिरेको अवस्थामा रहेको भए ती उद्यमहरु सो योजनाको निम्ति अयोग्य ठहरिन सक्छन्। यसका साथै ऋणधारकहरु यदि जीएसटी अनिवार्य गरिएका व्यवसायहरुमा रहेको भए उनीहरुको जीएसटी पञ्जिकरण अनिवार्य रुपमा रहे मात्र यो सुविधा प्राप्त हुनेछ।

यो ऋणको चाखलाग्दो विषय के हो भने, यसको किस्ता ऋण लिइएको 1 वर्षपछि मात्र शुरु हुनेछ। सो अवधिको ब्याज भने पछिका किस्ताहरुमा जोड़िनेछ। शुरु भएवापत 36 किस्तामा ऋण चुक्ता गर्नु पर्नेछ। यस योजना अन्तर्गत 29 फरवरी 2020सम्ममा तिर्न बाँकी रहेको कूल ऋणको 20 प्रतिशत सम्म थप ऋणको रुपमा प्राप्त हुनेछ। यसको ब्याजदर भने Repo Linked Lending Rate(RLLR) अन्तर्गत राखिएको छ  जसको घटबढ़ रिजर्भ बैंकको Repo Rateमा निर्भर हुन्छ। 

अर्को चाखलाग्दो विषय के छ भने यो ऋणमाथि एनसीजीटीसी (National Credit Guarantee Trustee Company- NCGTC)को ग्यारेण्टी रहनेछ। यसैले ऋणधारकले कुनै पनि धितो (सेक्युरिटी) बिनानै यो ऋण प्राप्त गर्न सक्नेछन्। यसको निम्ति ऋणधारकले कुनै ‘प्रोसेसिङ फी (Processing Fee)’ पनि दिन नपर्ने प्रावधान छ। 

स्मरण रहोस् भारतकी वित्त मन्त्री निर्मला सितरमणले गत 15 मईको दिन सूक्ष्म, लघु एवं मध्यम उद्यमहरुको  निम्ति तीन लाख करोड़को ‘अटोम्याटिक’ ऋणको घोषणा गरेकी थिइन्। यसअघि विभिन्न सरकारी बैंकहरुले गत मार्च महिनामा आ-आफ्ना ग्राहकहरुलाई कम ब्याज दरमा इमर्जेन्सी क्रेडिट लाइन (ECL) दिने योजना शुरु गरेका थिए। जसअन्तर्गत लिइएका ऋणहरुमा 6 महिनापछि मात्र किस्ता बुझाउन पाइने व्यवस्था राखिएको छ। त्यसपछि 6वटा मासिक किस्तामा लिईएको ऋण फिर्ता गर्नुपर्नेछ।

वैश्विक महामारीको यो कठिन घड़ीमा निरन्तरता दिन गाह्रो भएका साना व्यापारीहरुको निम्ति यो योजना वरदान साबित भएको छ। धैरै व्यव्सायीहरुले यसको लाभ उठाउँदै पाँचौं चरणको लकडाउनमा आफ्नो व्यवसायलाई पुन: शुरु गरिसकेका छन्। 

The post साना व्यापारीहरुलाई बचाउन वरदानको रुपमा Guaranteed Emergency Credit Line appeared first on The Sikkim Chronicle - Sikkim News.