लाईसिन्स रिनिवल फिसलाई ५०% कम गरीयोस् भनी सिक्किम प्रदेश कांग्रेस कमेटीको बिन्ति

महामारी कोविड-१९को चपेटमा आज बिश्व संकटमा परेको छ, संगसगै यसको प्रकोपमा मानव समाजले बिभिन्न कष्टदायक परिस्थिति झेल्नु बाध्य बनेको छ। संसारको शक्तिशाली देशहरु पनि यसघडी भयभीत हुनु परेको छ।‌ बिश्व स्वास्थ्य संगठन, डब्लूएचओले यस महामारी कोविड-१९ को औषधि भेक्सिन आविष्कार गर्नु अझै प्रयास निरंतर जारी छ भने समाजिक दूरी बनाउनु अनिवार्यता र क्वारिन्टिइन अपनाउने मार्ग […] The post लाईसिन्स रिनिवल फिसलाई ५०% कम गरीयोस् भनी सिक्किम प्रदेश कांग्रेस कमेटीको बिन्ति appeared first on The Sikkim Chronicle - Sikkim News.

लाईसिन्स रिनिवल फिसलाई ५०% कम गरीयोस् भनी सिक्किम प्रदेश कांग्रेस कमेटीको बिन्ति

महामारी कोविड-१९को चपेटमा आज बिश्व संकटमा परेको छ, संगसगै यसको प्रकोपमा मानव समाजले बिभिन्न कष्टदायक परिस्थिति झेल्नु बाध्य बनेको छ। संसारको शक्तिशाली देशहरु पनि यसघडी भयभीत हुनु परेको छ।‌ बिश्व स्वास्थ्य संगठन, डब्लूएचओले यस महामारी कोविड-१९ को औषधि भेक्सिन आविष्कार गर्नु अझै प्रयास निरंतर जारी छ भने समाजिक दूरी बनाउनु अनिवार्यता र क्वारिन्टिइन अपनाउने मार्ग निर्देशन दिनुमा निर्भर रहनु परेको छ। भारतमा महामारी कोविड-१९ ले प्रवेश अन्य मुलूकहरु भन्दा अलिक ढिलो भये पनि संक्रमण तथा मृत्यु संख्या भयावह बन्दै गयेको छ। मोदी सरकारको गलत निर्णयले यस्तो मुश्किल परिस्थिति झेल्नु परेको, कारण तालाबंदी घोषणाको अग्रीम सुचना जनतालाई दिएको भये प्रवाशी मजदूरहरुले भोग्नु परेको संकट जस्तै परिस्थिति दुनियाले देख्न पाउंने थिएन साथै देशले यो थप समस्या भोग्नु पर्ने थिएन।
हाम्रो सानो राज्य सिक्किममा पनि पहिलो एक संक्रमण घटना देखा परेको छ, ति संक्रमित व्याक्ति पनि सिक्किम बाहिरबाट हालै लकडाउन परिधिमा प्रवेश लिएका रहेको समाचार छ। सिक्किम प्रदेश कांग्रेस कमेटीले महामारी कोविड-१९ सम्बन्धि जनहितमा कतिपय सुझाव राख्दै गरेका छौं। राज्य सरकारले पुरानो एसटीएनएम हस्पिटललाई कोविड-१९ निम्ति अलग्गै प्रयोगमा ल्याएर संक्रमनलाई नियंत्रण गरीने कांग्रेसको बिश्वास र जनसापेक्ष सुझावलाई लिनु सकेन तर सरकारको आत्मा बिश्वासलाई कांग्रेस दोष्याउन चहान्नौ।
यो महामारीको चपेटमा परेका राज्यवाशीहरुको बिभिन्न दुःख कष्टलाई राज्य सरकारले नजर राखि दिनु पर्छ भन्दै कांग्रेस जनहितमा पुनःआग्रह गर्दछ। बिषेश रुपमा लकडाउनको कारणले गरीब मजदूरहरुले संकट झेल्नु परेको छ भने धेरै अन्य क्षेत्रमा रहेर जिवन धान्नेहरुले पनि यस महामारीको संकटबाट उम्किनु पाएनन्। ब्यापारीहरुले घर किराय भुक्तान गरेर सहायक कर्मीहरुलाई तनखा र खाना पिना यत्रो लामो समय उपलब्ध गराउनु पर्यो। चालकवर्गले वाहन चलाएर परिवारको देखभाल गर्नु पर्ने हुदां,‌लामो लकडाउनको कारणले धेरै नोक्शानी भोग्नु परेको छ। उसरी नै होटल, फास्ट फूड, आवासीय होटल, पर्यटन (टुर ट्राभल्स),ट्याक्सी आदिले भयानक परिस्थिति झेल्नु परेको छ। यस्तो हालतमा यी पिडित श्रमजीवीहरुको सहारा राज्य सरकार देखि अन्य को हुनु सक्छ ? त्यसकारण यी पिडितवर्गको पक्षमा सिक्किम प्रदेश कांग्रेस कमेटी राज्य सरकारलाई हार्दिक अनुरोध गर्दै, लाईसिन्स रिनिवल फिसलाई ५०% कम गरीयोस् भनी बिन्ति गर्दछ। आवासीय होटल खुल्ने अझै कुनै टुंग्गो छैन र होटल क्षेत्रका सबै मालिक देखि श्रमजीवीको हालत गम्भीर बनेकोले सरकारले ती सबै जनता माथि दया राख्दै सबैको लाइसेंस फिसमा ५०% छुट दिनु पर्छ भनि कांग्रेस पुनः नम्र निवेदन टक्राउं छौं।
साथै बिभिन्न समाचार माध्यमबाट प्राप्त भयेको खबर अनुसार कतिपय ब्यापारीजनले यस संकट घड़ीको मौकामा नाजायज दाम लिएर ग्रांहकहरुसित गैर तरीकाको फायदा गर्दै गरेको घटना निंदनीय हो। यस्ता घटिया मानसिकता भयेका तत्वहरुलाई सरकारले शख्त कार्रवाई गर्नु पर्छ।

दिपक भण्डारी
मूल सचिव
सिक्किम प्रदेश काँग्रेस कमिटि

The post लाईसिन्स रिनिवल फिसलाई ५०% कम गरीयोस् भनी सिक्किम प्रदेश कांग्रेस कमेटीको बिन्ति appeared first on The Sikkim Chronicle - Sikkim News.