जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार

गत साल २०१९ मा कन्चनजंघालाई इष्ट देवताको रुपमा पूजा गर्ने “पांङ लाब सोल” पर्व भन्दा केही अगाडि भारत सरकारले कन्चनजंघा पर्वत माथि आरोहण गर्ने सक्ने अधिसूचना जारी गरेर सिक्किमे जनताको भावना सित खेलवाड गर्ने चेष्टा गर्दा सम्पूर्ण सिक्किमे समाज एक भएर बिरोध जनाए पछि उत्त अधिसूचना खारिज भएको थियो र सिक्किमे समाज एक भएको खण्डमा […] The post जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार appeared first on The Sikkim Chronicle - Sikkim News.

जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार


गत साल २०१९ मा कन्चनजंघालाई इष्ट देवताको रुपमा पूजा गर्ने “पांङ लाब सोल” पर्व भन्दा केही अगाडि भारत सरकारले कन्चनजंघा पर्वत माथि आरोहण गर्ने सक्ने अधिसूचना जारी गरेर सिक्किमे जनताको भावना सित खेलवाड गर्ने चेष्टा गर्दा सम्पूर्ण सिक्किमे समाज एक भएर बिरोध जनाए पछि उत्त अधिसूचना खारिज भएको थियो र सिक्किमे समाज एक भएको खण्डमा सिक्किम को सुरक्षा सम्भव छ भन्ने कुरा पनि छर्लङ्ग भएको थियो।

यसरी नै आज फेरि, केन्द्र सरकारले कोरोना महामारीले सृजना गरेको आर्थिक संकटको बहाना गरेर सिक्किम राज्यको सकल घरेलु उत्पाद अर्थात् State Gross Domestic Product को २% ऋण दिने, तर उत्त ऋण पाउँन को निमित्त राज्य सरकारले चार वटा शर्तहरू मान्न पर्ने फरमान जारी गर्दै राज्य सरकारलाई पत्राचार गरेको छ।

पहिलो शर्त अनुसार राज्य सरकार अधिनस्थ रहेको सार्वजनिक वितरण प्रणाली (public distribution system) लाई केन्द्रीयकरण गर्ने र एक देश एक राशन कार्ड (one nation, one ration card) ब्यवस्थालाई राज्यले लागु गर्न पर्ने। दोस्रो शर्त अनुसार, सिक्किम को पुरानो कम्पनी को कानुन लाई ध्वस्त पार्दै कम्पनी एक्ट २०१३ लागू गर्न पर्ने, तेस्रो शर्त अनुसार शहरी स्थानीय निकाय अर्थात् Municipal Area हरूमा सम्पति कर लागू गर्नु पर्ने साथै पानी, बिजुली, फोहोर व्यवस्थापन आदि बिषयहरुमा कर अर्थात् tax प्रत्येक ६ महिनामा वृद्धि गर्न पर्ने, चौथो शर्त अनुसार सिक्किमको गाउँ बस्तीमा नागरिकहरुले पाउँदै आएको निःशुल्क बिजुली अब उसो बन्द गरिनु पर्ने जस्ता सिक्किम बिरोधी शर्तहरू राज्य सरकार अगाडि राखेको छ। तसर्थ, यि सबै शर्तहरू स्वीकार गरे को खण्डमा भारतको संघीय संरचनामा ठूलो खतरा उत्पन्न हुने साथै सिक्किम र सिक्किमे को अस्तित्व, धारा ३७१ एफ र पुरानो कानुनको सुरक्षामा आँच आउने भएको कारण जसरी गत साल कन्चनजंघाको पवित्रता र गरिमाको निम्ति सारा सिक्किमे एक भएका थियौं त्यसरी नै आज केन्द्र सरकारले राखेको गैर जिम्मेवारी पुर्ण शर्तहरू को बिरूद्ध मा फेरि एकपल्ट एक जुट भएर लड्ने दिन आएको छ।

आजको यस पवित्र दिनमा हाम्रो इष्ट देवता कन्चनजंघाले सिक्किम र सिक्किमे को रक्षा गरून् भन्ने प्राथनाको साथमा सम्पुर्ण सिक्किमबासीलाई यस महान पर्व “पांङ लाब सोल २०२०” को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सह धनयवाद।।।

पासाङ शेर्पा
समन्वयक
I AM 371F Campaign

(प्रेस विज्ञप्ति जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ)

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता

“मेरो नानीलाई त नेपाली आउँदैन, उसँग इंगलिस् बोल्नु है”

The post जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार appeared first on The Sikkim Chronicle - Sikkim News.