कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने

गान्तोक, 02 सेप्टेम्बर: राज्यको पूर्व जिल्ला प्रशासनले कोभिड योद्धाहरुलाई सम्मनित गर्ने घोषणा गरेको छ। ‘कोभिड अवार्डस् 2020’ अन्तर्गत कोभिड महामारीसँगको युद्धमा श्रेष्ठ प्रदर्शन गरेका विभिन्न अधिकारीहरु, कर्मचारीहरु अनि अग्रपंक्तिका योद्धाहरुलाई मानवजातीको भविष्यको निम्ति तिनीहरुले आफ्नो ज्यान जोखिममा राखेर पुर्याएको योगदानको कदर गर्दै सो सम्मान जनाइने भनिएको छ। विभिन्न कार्यहरु जस्तै स्क्रिनिङ सेन्टर, कोभिड केयर सेन्टर, […] The post कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने appeared first on The Sikkim Chronicle - Sikkim News.

गान्तोक, 02 सेप्टेम्बर: राज्यको पूर्व जिल्ला प्रशासनले कोभिड योद्धाहरुलाई सम्मनित गर्ने घोषणा गरेको छ। ‘कोभिड अवार्डस् 2020’ अन्तर्गत कोभिड महामारीसँगको युद्धमा श्रेष्ठ प्रदर्शन गरेका विभिन्न अधिकारीहरु, कर्मचारीहरु अनि अग्रपंक्तिका योद्धाहरुलाई मानवजातीको भविष्यको निम्ति तिनीहरुले आफ्नो ज्यान जोखिममा राखेर पुर्याएको योगदानको कदर गर्दै सो सम्मान जनाइने भनिएको छ।

Image Source: GoS, Facebook

विभिन्न कार्यहरु जस्तै स्क्रिनिङ सेन्टर, कोभिड केयर सेन्टर, क्वारेन्टाइन सेन्टर, होम क्वारेन्टाइनको निग्रानी गर्ने टोली, चालकहरुको ट्रांजिट क्याम्पमा खटिएका, जोखिममा परेका नागरिक तथा राज्य फर्की आउनेहरुको यातायात व्यवस्थापनमा लेगिपरेका, आवश्यक वस्तुको आपूर्तिमा खटिएका, फोहोर प्रबंधनमा खटिएका, कानून व्यवस्थामा संलग्न रहेका सर्वश्रेष्ठ प्रदर्शन गर्ने अधिकारी एवं कर्मचारीहरु सम्मानको निम्ति चयन भएका हुन्।

पूर्व जिल्ला प्रशासनद्वारा सम्मानको निम्ति चयनित व्यक्तिहरुको नामावाली जारी गरिएको छ। जसमा प्रशासनिक टोलीका 27, स्वास्थ्य टोलीका 19, प्रहरी टोलीबाट 11; स्क्रिनिङ एवं क्वारेन्टाइन, ट्रांजिट क्याम्प, केटरिङ अनि यातायाय समूहबाट 29, फोहोर प्रबन्धन टोलीबाट 15, सेनिटाइजेशन टोलीबाट 28 जनाको नाम उल्लेख गरिएको छ। चयनित व्यक्तिहरुलाई चाँड़ैनै एउटा अभिनन्दन समारोहमा सम्मान जनाइने जानकारी गराइएको छ। 

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार

1 सेप्टेम्बर उसो राज्य भित्रिनेहरुका निम्ति नयाँ एसओपी

The post कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने appeared first on The Sikkim Chronicle - Sikkim News.