कोभिडको कारण पाँचौं व्यक्तिको मृत्यु

गान्तोक, 03 सेप्टेम्बर: राज्यमा कोभिडको कारण थप एक व्यक्तिको ज्यान गएको छ। गान्तोक निवासी एक 65 वर्षीय कोभिड संक्रमित पुरुषको आज मृत्यु भएको बताइएको छ। तिनी एसटीएनएम अस्पतालमा उपचाराधीन थिए। जानकारी अनुसार गत 1 सेप्टेम्बरको दिन तिनी मनिपाल अस्पतालमा उपचारको निम्ति गएका थिए। र्यापिड एन्टिजेन टेस्टमा तिनको कोभिड संक्रमण रिपोर्ट पोजिटिभ पाइएको थियो। त्यसपछि तिनलाई […] The post कोभिडको कारण पाँचौं व्यक्तिको मृत्यु appeared first on The Sikkim Chronicle - Sikkim News.

गान्तोक, 03 सेप्टेम्बर: राज्यमा कोभिडको कारण थप एक व्यक्तिको ज्यान गएको छ। गान्तोक निवासी एक 65 वर्षीय कोभिड संक्रमित पुरुषको आज मृत्यु भएको बताइएको छ। तिनी एसटीएनएम अस्पतालमा उपचाराधीन थिए।

जानकारी अनुसार गत 1 सेप्टेम्बरको दिन तिनी मनिपाल अस्पतालमा उपचारको निम्ति गएका थिए। र्यापिड एन्टिजेन टेस्टमा तिनको कोभिड संक्रमण रिपोर्ट पोजिटिभ पाइएको थियो। त्यसपछि तिनलाई एसटीएनएम अस्पताल लगिएको भनिएको छ। मृतक व्यक्तिलाई अस्थमा, मधुमेह अनि निमोनिया भएको जानकारी गराइएको छ।

रानीपूलको दाहगृह (श्मशान घाट)मा आजनै तिनको दाह संस्कार गरिने जानकारी गराइएको छ। यससँगै राज्यमा कोभिडको कारण ज्यान गुमाउनेको संख्या 5 पुगेको छ।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो

The post कोभिडको कारण पाँचौं व्यक्तिको मृत्यु appeared first on The Sikkim Chronicle - Sikkim News.